
काठमाडौं। क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा क्याट क्विन्स काठमाडौंले विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो।
विराटनगरले दिएको ६९ रनको सामान्य लक्ष्य काठमाडौंले ९ दसमलव ४ ओभरमा १ विकेट गुमाएर पुरा गरेको हो। काठमाडौंकि आफ्नो ओपनर रोमा थापा पहिलो बलमै एलबि डब्ल्युको काराण आउट हुन पुगिन्। विराटनगरको तर्फा बाट पहिलो ओवर लिएर आएकी सोनु खड्काले उनलाई पहिलो बलमै पभेलिएनको बाटो देखाइन्। काठमाडौंका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३० रन बनाईन। यस्तै अप्सरी बेगमले २७ बनाइन्।
यसघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रनमा समेटिएको थियो। ओपनर ज्योती पाण्डे र सोनु खड्काले ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि पछि सम्हालिन नसक्दा ६८ रनमा समेटिएको हो।
विराटनगरका लागि सोनु खड्काले २५ बलमा ३४ रन बनाउंदा ज्योति पाण्डेले १२ र अनिता बिडारिले ११ रन बनाउनु आहेक अरुले दोहोरो अंक बनाउन सकेनन्।
काठमाडौंका लागि कप्तान रुविना क्षेत्रीले ४ ओभरमा ४ रन खर्चेर ४ विकेट लिइन् । उनको स्पेलमा एक ओवर मेडन रहेको थियो। यस्तै संगिता राइ, इश्वरी विष्ट र लक्ष्मी साउदले समान एक -एक विकेट हात पारे।
प्रतियोगितामा यसघिनै चितवन राइनोज फाइनल पुगिसकेको छ । तालिकाको शिर्ष स्थानमा रहँदै चितवन फाइनलमा पुगेको हो। फाइनल भने बिहिबार हुने छ। File Photo
