
काठमाण्डौ। चितवन राईनोजले क्याट क्विन्स काठमाडौंलाई पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) को फाइनलमा ११३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको चितवनले ४ विकेट गुमाउदै ११२ रन बनाएको थियो । चितवनका लागि ओपनर काजल श्रेष्ठ र कन्चन श्रेष्ठले क्रमस २१ र १९ रन बनाएका थिए। यस्तै सुमन खतिवडाले २९ र ऋतु कनौजियाले ६ रन बनाएर आउट हुन् पुगिन् । यस्तै कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाउदा प्यारी चौधरीले नट आउट ३ रन बनाइन् ।
काठमाण्डौका लागि संगीता राई, लक्ष्मी साउद र सरस्वोती चौधरीले समान १-१ विकेट हात पारे। काठमाण्डौले केहि बेरमा ब्याटिंग थाल्ने छ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले टीभीएसको स्कुटर र ५० हजार पाउने र विधागततर्फका उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको आयोजक क़ुइन्स इभेन्ट म्यानेजमेन्टले जनाएको छ।
