प्रधानमन्त्रीको दोस्रो डायलाइसिस आज

426
0
Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक आज मृगौलाको डायलाइसिस गरिँदैछ। बुधबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सुरु गरिएको र आज पनि डायलासिस गरिने अस्पताल स्रोतले जनाएको छ ।

डायलाइसिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियुमा राखिएको थियो। साँझ भने उनलाई क्याबिनमा सारिएको थियो। प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो। पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको चिकित्सकले बताएका छन्।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: