साझा पार्टीको भक्तपुर प्रदेशसभा उम्मेदवार बने सुरज प्रधान

398
0
Share:

काठमाडौं – साझा पार्टीले भक्तपुर क्षेत्र नम्बर १ (क) बाट सुरज प्रधानलाई प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका जिल्ला संयोजकको रुपमा रहेका २८ वर्षीय प्रधानलाई बिहीबार प्रदेशसभा उम्मेदवार घोषणा गरिएको हो ।

पार्टीका प्रवक्ता डा.सुर्यराज आचार्यले एक विज्ञप्ति जारी गरी प्रधानलाई प्रदेशसभा उम्मेद्वार बनाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री इँट्टा उत्पादनको व्यवसाय गर्छन् । त्यस्तै शनिबार दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा उम्मेदवार घोषणा गर्ने विज्ञप्तिमा जनाइएको छ ।

पार्टीले यसअघि कास्की क्षेत्र नम्बर २ क लागि रजनी केसीलाई उम्मेदवार बनाइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: