तनहुँमा चितुवा नियन्त्रणका लागि प्रदेश सरकारबाट ३० लाख विनियोजन

Share:

तनहुँ – चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि प्रदेश सरकारले नियन्त्रणका लागि सो रकम विनियोजन गरेको हो ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रणका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार आवश्यक परे थप बजेट विनियोजन गरिनेछ । चितुवा नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने मन्त्री गुरुङले बताए ।

प्रदेश सरकारले विनियोजन गरेको बजेट सामुदायिक वनमा खोर निर्माण, सचेतनामूलक कार्यक्रम लगायतका काममा खर्च गरिने डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

चितुवाको गतिविधिले गएको डेढ वर्षदेखि भानु नगरपालिकाका बासिन्दा आतंकित छन। चितुवाको आक्रमणबाट अहिलेसम्म भानुमा ६ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन ।

यो पनि 

– परम्परागत पासोमा यसरी पर्यो नरभक्षी चितुवा (भिडियो हेर्नुहोस)

–तनहुँको भानुमा चितुवा खोरमा परेकै साँझ फेरि ७ वर्षीय बालकको ज्यान लियाे

कमेन्ट गर्नुहोस्
Share: