प्रधानमन्त्रीको आज पनि डायलाइसिस हुँदै

390
0
Share:

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली डायलाइसिस गर्न धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली तेस्रो पटक डायलाइसिस गर्न अस्पताल पुगेका हुन् ।

ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार सातामा तीन चोटी डायलाइसिस गर्नु पर्ने भएकाले उनी अस्पताल पुगेका हुन् । १२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलाइसिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने डाक्टरले बताएका छन् । तर अस्ति बुधबार र बिहिबार गरिएका जाँचको रिपोर्ट आएपछि मात्र थप निर्णय गर्ने डाक्टरहरुको तयारी छ ।

यसैबीच आज फेरी अस्पताल जानुपर्ने भएपछि विहान बोलाइएको सचिवालयको बैठक पनि स्थिगित भएको छ । बिहान ११ बजेलाई डाकिएको बैठक अपरान्ह बस्ने गरि सारिएको छ ।

प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: