नेपाल र एमसीसी भिड्दै

398
0
Share:

काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले अहिले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा एमसीसीविरुद्ध नेपाली युवा टिमले सुरुवातमा बलिङ गरिरहेको छ । कप्तान रित गौतमले टस जितेर पहिले फिल्डिङ रोजेको छन् । र, एमसीसीलाई सुरुवातमा ब्याटिङ गर्न पठाएको छ ।

यू-१९ टिमपछि एमसीसीले टिमले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीय पछि एमसीसीले नेपालसँग टी-ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्ने छन् ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: