
काठमाडौं– त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएका छन् । विमानस्थलमा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान ठोक्किएका छन् । त्रिभुवन विमानस्थलको आन्तरिक पार्किङमा श्रीको जहाज र यतिको जहाज ठोक्किएका हुन् ।
पार्किङ गरि राखिएको यतिको जहाजलाई श्रीको जहाजले धक्का दिएको थियो । विराटनगरबाट आएको श्री को जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजमा ठोक्किन पुगेको र जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
