
काठमाण्डौ। विक्रम चन्द (विप्लव) निकट ९ जना युवा र विद्यार्थीलाई काठमाडौंको माइतीघरबाट नियन्त्रणमा लिएको छ ।
नेपाली भूमि कालापानीलाई आफ्नो नक्सामा पार्नेगरी नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा विप्लव निकट विद्यार्थी संगठनले राजधानीमा गरेको प्रदर्शनबाट ९ जना पक्राउ परेका हुन ।
९ जनालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । विप्लव निकट विद्यार्थी संगठनले आइतवार माइतीघर मण्डला भारतीय हस्तक्षेपको विरुद्धमा प्रदर्शन गरेको हो ।
कमेन्ट गर्नुहोस्
