
पोखरा। डडेल्धुरामा अनसन बसेका डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेपछि उनलाई लिन गएको नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको छ ।
डा. केसीले काठमाडौं जान अस्वीकार गरेपछि फेरि मन्त्रालयलाई अनुरोध गरेर हेलिकप्टर फिर्ता गराएको हो । केसीलाई लिन सेनाको हेलिकप्टर पुगेपछि सोमबार विहान डडेल्धुरामा डा. केसीका समर्थक र प्रहरीबीच तनाव अवस्था सिर्जना भएको थियो ।
लगत्तै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा. केसीका समर्थक तथा नागरिक समाजसँग सर्वपक्षीय बैठक राखेका थिए । बैठकमा डा. केसीका समर्थकले उनको सहमतिविपरीत कुनै निर्णय गर्न नसक्ने बताएका थिए ।
डाक्टर केसीले माग पूरा गर्नासाथ अनशन तोड्छु भन्दै अडान राखेपछि हेलिकप्टर फिर्ता भएको हो ।
कमेन्ट गर्नुहोस्
