
पोखरा। नेपाल भ्रमणमा रहेको विश्वोकै सबैभन्दा पुरानो क्लब मेरिलिवन क्रिकेट क्लब (एमसीसी) ले मुख्यमन्त्री-११ लाई पराजित गरेको छ । आज पोखरा क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले मुख्यमन्त्री ११ लाई ४ रनले पराजित गरेको हो।
मंगलबार भएको खेलमा १४३ रनको लक्ष्य पछ्याएकाे मुख्यमन्त्री ११ को टोली १३८ रनमै समेटिएको हो । उसका लागि अनिल गुरुंगले ४० रन बनाए भने बिशाल पौडेलले २६ रन बनाए ।
यस्तै गोबिन्ध प्रधानले २४ र बिपिन खत्रीले १६ रन बनाए । एमसीसीका लागि एड योङ्गले सर्वाधिक ४ विकेट लिए भने टम वेस्ट्लिले २ विकेट लिए । मिलेक्स हामुण्ड्ले एक विकेट हात पारे।
यसघि टस हारेर पहिले व्याटिङ्ग गरेको एमसीसीले ६ विकेटको क्षतिमा १४२ रन बनाएकाे थियाे । उसका लागि यासिर अराफातले सर्वाधिक ५६ रन बनाए । उनले २८ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५६ रन बनाएका हुन् ।
यस्तै विल भाण्डरस्पारले २० र एड योंगले २० रन बनाए। मुख्यमन्त्री ११ का लागि बिशाल पौडेल, अमृत गुरुङ, सुबाश भण्डारी, किशोर महतो, बिपिन खत्री र दिपेश श्रेष्ठले समान एक-एक विकेट लिए ।
यसअघि सोमबार भएको खेलमा एमसीसीले पोखरा-११ को टोलीलाई ४२ रनले पराजित गरेको थियो।
