
काठमाडौं, मंसिर ३ /विवाहको महिना मंसिर लागेपछि सुनचाँदीको भाउ स्थिर छ । सोमबार र मंगलबारजस्तै बुधबार पनि सुनको भाउ तोलामा ५० हजार ९ सय रुपैंया रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी पनि तीन दिनदेखि तोलाको ७ सय रुपैंयामा कारोबार भैरहेको छ । विवाहको सिजन भएपनि सुनचाँदीको कारोबार खासै सन्तोषजनक नभएको व्यवसायीको भनाई छ ।
कमेन्ट गर्नुहोस्

