
पोखरा । म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने रुमका रमेश पुनलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार (हिजो) घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुनलाई पक्राउ गरिएको हो ।
खुकुरी प्रहार गरी फरार भएका पुनलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमकोबीचमा रहेको खोलाबाट नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
बाटोमा हिडिरहेकै अवस्थामा खुकुरी प्रहारबाट गम्भीर घाइते बनेकी प्रअ पुनलाई उपचारका लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पतालमा ल्याइएको छ। घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भिर चोट लागेको र देब्रे हातका दुई वटा औँला समेत खुखुरी प्रहारबाट चुँडीएको छ। अहिले घाइते पुनको अवस्थामा सुधार आएको बताइएको छ।
