झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द

411
0
Share:

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज (शुक्राबार)देखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

मंसिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: