पार्टीका कार्यकर्ता मतदाता शिक्षाका लागि परिचालित

270
0
Share:

भक्तपुर – पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँगाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निष्पक्ष व्यक्ति परिचालन गर्न माग गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मतदाता शिक्षा प्रदान गर्नका लागि मङ्सिर ६ देखि ११ गतेसम्मका लागि प्रत्येक वडामा दुई जनाका दरले १० वटा वडामा २० जना मतदाता शिक्षा कार्यकर्ता नियुक्ति गरी परिचालन गरेको छ ।

नेकपाका नेता शम्भु दङ्गालले उपनिर्वाचनमा सहभागी भएका दलहरुसँग परामर्श नगरी पार्टीको झण्डा बोक्ने व्यक्तिलाई मतदाता शिक्षा दिन परिचालन गरेको भन्दै यो कार्यक्रम तत्काल रोक्नुपर्ने बताए ।

साझा पार्टीका प्रतिनिधि कालीचरण कार्कीले मतदाता शिक्षा दिने स्वयंसेविका वा कार्यकर्ताले नै सरकारी भत्ता खाएर निष्पक्ष मतदाता शिक्षा दिन नसक्ने गरी पार्टीको कार्यकर्तालाई कार्यालयले परिचालन गरेको भन्दै आपत्ति जनाए ।

आगमी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ क मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा मतदातालाई निर्वाचन तथा मतदान प्रक्रिया र यसका प्राविधिक तथा कानूनी पक्षका बारेमा आधारभूत जानकारी दिँदै निर्वाचनमा मतदाताको व्यापक सहभागिताका साथै बदर मतको प्रतिशतलाई न्यूनीकरण गर्ने उद्देश्यले परिचालन गरेको कार्यालयका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिए ।

यस बारेमा जानकारी पाएपछि प्रजिअ नारायणप्रसाद भट्टले मतदाता शिक्षा दिन परिचालन भएकाहरुलाई आफू बसेको वडाभन्दा फरक वडामा परिचालन गर्न निर्वाचन कार्यालयलाई सुझाव दिए । रासस

कमेन्ट गर्नुहोस्
Share: