अस्ट्रेलियामा नेपाली दम्पत्तीबीच झगडा, श्रीमानको मृत्यु

2400
0
Share:

सिड्नी – अस्ट्रेलियामा नेपाली दम्पत्तीबीचको झगडामा एकको मृत्यु भएको छ। सिड्नीमा श्रीमान श्रीमतीबीचको झगडामा श्रीमान सन्तोष गौतमको हत्या भएको हो । पारिवारिक विवादका क्रममा बुटवलका गौतमको हत्या भएको हो ।

हत्यामा संलग्न रहेको आरोपमा उनकै श्रीमती ३४ वर्षकी निमा गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केहिसमय अघिदेखि पारिवारिक रुपमा खटपटमा रहेका उनीहरुबीच परिस्थिति बिग्रँदै जाँदा हात हालाहालको स्थिति भएको थियो ।

घाइते अवस्थामा रहेकी श्रीमतीलाई पनि उपचार गराएर सिड्नीस्थित ग्रानभिल प्रहरी चौकीमा उपस्थित गराइएको छ।

कमेन्ट गर्नुहोस्
Share: