
पोखरा । कास्कीमा रहेका विभिन्न मतदान स्थल नजिकै बम बिस्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ को शान्ती उदय मावि, पोखरा-१६ अर्मलाको शान्ती मावी नजिकै बम बिस्फोट भएको हो ।
यस्तै पोखरा ९ नयाँबजारको नवप्रभात मावि नजिकै बम बिस्फोट भएको छ । शान्ती उदय माविमा नेकपा उम्मेदवार विद्या भट्टराईले ९ बजे मतदान गर्ने कार्यक्रम छ ।
अर्मलाको शान्ती मावी समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको मतदान स्थल हो । उनले मतदान गर्न लाग्दा बिस्फोट भएको हो । बम बिस्फोटबाट मानवीय क्षति भने भएको छैन् ।
यो पनि::
साझा पार्टीकी उम्मेदवार रजनीले गरिन् मतदान
कमेन्ट गर्नुहोस्
