लमजुङको मतदान केन्द्र नजिकै विस्फोट

Share:

मनाङ । लमजुङको सुन्दरबजार नगरपालिका–२ मा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। महेन्द्र मन्दिर मा.वि.नजिकैको मतदान केन्द्रमा मतदान भइरहँदा बिहान करिब ९ बजेर ५५ मिनेट जाँदा बम विफोट भएको हो ।

विस्फोटबाट कुनै पनि क्षति नभएको लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङले जानकारी दिएका छन् । अहिले मतदान जारी रहेको छ ।

लमजुङको सुन्दर बजार नगरपालिका वडा नम्बर २ को वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा २२९७ मतदाता रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: