सागः चञ्चलाले दिलाइन् नेपाललाई पहिलो पदक

Share:

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो पदक हात पारेको छ। नेपालका लागि करातेको व्यक्तिगत काता प्रदर्शनमा चञ्चला दनुवारले रजत पदक दिलाएकी हुन् ।

सातदोबाटोमा रहेको कराते हलमा भएको प्रतियोगितामा चञ्चलाले सिनियर महिलामा रजत पदक जितेकी हुन् । उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल प्रवेश गरेकी थिइन् । उनी फाइनलमा पाकिस्तानकी खेलाडीसँग पराजित भइन् ।

सोमबार भएको फाइनलमा चन्चलाले २४.६२ अंक जोडिन । स्वर्ण जितेकी पाकिस्तानकी साइदाले २५.२८ अंक प्राप्त गरिन् ।

यसैगरी श्रीलंकाले कास्य पदक हात पारेको छ।

१३ औँ सागको दोस्रो दिन आज कराँतेमा ९ वटा स्वर्ण विजेताको निर्क्योल हुने छ।

कमेन्ट गर्नुहोस्
Share: