धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी

Share:

सुनसरी – धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।

सोमबार सकिएको मतगणनाको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ सय मतले पछि पार्दै तिलक विजयी बनेका हुन् ।

काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाएका छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित तारा सुब्बाको निधन भएपछि धरानमा मंसिर १४ गते उपनिर्वाचन भएको हो ।

नेकपाका उम्मेदवार प्रकाश राईको पराजयसँगै नेकपालाई ठूलो धक्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।

धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको थिएन ।

यसअघि, धरान उपमहानगरपालिकामा २० हजार ९७५ मत ल्याएर एमालेले चुनाव जितेको थियो । स्थानीय तहको निर्वाचनमा काँग्रेस उम्मेदवारले १६ हजार १०२ मत ल्याउँदा माओवादी उम्मेदवारले ११ हजार १८० मत ल्याएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: