विवाहमा जान्छु भनेर हिँडेका निरज दुई दिनपछि कुलोमा मृत भेटिए

Share:

पोखरा । पोखरामा एक युवक मृत भेटिएका छन् । पोखरा-१३ कसेरी बस्ने ३० वर्षीया निरज परियार पोखरा-२९ धर्मकाँटामा मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

धर्मकाँटा भित्र कच्चि बाटोको बायाँ साईडको कुलोमा बुधबार उनी मृत फेला परेको प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

विवाहमा जान्छु भनेर सोमबार घरबाट हिँडेका उनी दुई दिनपछि मृत भेटिएका हुन् । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: