कर्मचारीतन्त्र सशक्त र जिम्मेवार हुन आवश्यक- अर्थमन्त्री खतिवडा

356
0
Share:

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीतन्त्र सशक्त र जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित विश्व बैङ्कको नेपाल डेभलपमेन्ट अपडेट तथ्याङ्क सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले मुलुक विकेन्द्रीकृत कार्यप्रणालीमा गइसक्दा समेत सही तथ्याङ्क आउन नसकिरहेको बताएका हुन् ।

सही तथ्याङ्क आउन नसकिरहेको अवस्थामा कर्मचारीतन्त्र सशक्त र जिम्मेवार बन्नु पर्ने अर्थमन्त्री खतिवडाले सुनाए ।

शक्ति र कार्यप्रणाली पृथकीकरणको सिद्धान्तमा मुलुक गइसके पनि अझै पुरानै लिगेसीका भरमा तथ्याङ्क सङ्कलन गर्ने र सार्वजनिक गर्ने परिपाटी रहेको बताए ।

यता तथ्याङ्क गणनाको समयसमेत सान्दर्भिक नभएको बताउँदै यसलाई समेत समयानुकूल परिमार्जन गर्ने जनाएका छन् । यसअघि २०००÷२००१ लाई आधार मानेर गणना भइरहेकामा अब २००८÷२००९ लाई आधार मानेर गणना गर्ने अर्थमन्त्री खतिवडाले बताए ।

कमेन्ट गर्नुहोस्
Share: