
नवलपुर । नवलपुरको कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सेनाको बस दुर्घटना हुँदा ३० सेना घाइते भएका छन् ।
सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ६ ख ४०४ नम्बरको बस शनिबार विहान ३ः१५ बजे अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
घाइते मध्य केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० नेपाली सेना थिए ।
कमेन्ट गर्नुहोस्
