सिन्धुपाल्चोक बस दुर्घटना, १२ जनाको मृत्यु

Share:

सिन्धुपाल्चोक । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ६ किलोमा बिहान बस पल्टिँदा १२ जनाको मृत्यु भएको र १८ जना घाइते भएको सिन्धुपाल्चोकका डीएसपी मोहन थापाले जानकारी दिएका छन् ।

कालिञ्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो । अहिले प्रहरी स्थानीय उद्दारमा जुटेका छन् । सडकबाट बस कम्तीमा ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: