सिन्धुपाल्चोकमा बस दुर्घटना: मृतकको संख्या १५ पुग्यो, ६ को सनाखत

Share:

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। उक्त दुर्घटनामा १७ जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा इन्स्पेक्टर गणेश खनालले जानकारी दिए।

घटनामा मृत्यु हुने ६ जनाको परिचय खुलेको छ। मृत्यु हुनेमा सिन्धुपालचोक जुगल गाउँपालिका-७ का अन्दाजी २७ वर्षका सुक बहादुर तामाङ र सोही गाउँपालिकाका ७ वर्षीय सबिना तामाङ, दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ , सोही नगरपालिका-९ वर्ष २८ की मञ्जु तामाङ, रामेछापको उमाकुण्ड गाउँपालिका-५ अन्दाजी २८ मेहेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका-८ का वर्ष ३२ का चिनु बस्नेतको मृत्यु भएको हो।

दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।

कमेन्ट गर्नुहोस्
Share: