कोठा तातो बनाउन मकलमा कोइला बालेर सुतेका आमा–छोरीको मृत्यु

2073
0
Share:

काठमाडौं । जाडोको समयमा कोठा न्यानाे बनाउनका लागि मकलमा आगो (कोइला) बालेर सुतेका आमा–छोरी मृत फेला परेका छन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीकी ३६ वर्षीया शर्मिला रञ्जितकार र उनकी २ महिने छोरी मृतअवस्थामा फेला परेका महानगरीय प्रहरी बृत्त कीर्तिपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति शर्मिला, उनकी छोरी र श्रीमान् नवराज मकलमा कोइला बालेर सुतेका थिए । बिहान छोरीलाई तेल लगाउनका लागि भन्दै श्रीमती शर्मिलालाई उठाउन खोज्दा नउठेपछि नवराजले प्रहरीलाई खबर गरेका थिए ।

उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी बृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले बताए ।

कमेन्ट गर्नुहोस्
Share: