पुष ५ र ६ गते अमरसिंह अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने

Share:

पोखरा । पोखरामा आउँदो पुष ५ र ६ गते अमरसिंह अन्तर विद्यालय (प्लस टु) फुटसल प्रतियोगिता हुने भएको छ । पोखराको अमरसिंह माध्यमिक विद्यालयको विज्ञान संकायको आयोजनामा विभिन्न विद्यालयका विद्यार्थी बीच भातृत्व कायम गर्ने उद्देशयले सो प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सहभागि हुन टिम दर्ता गराउने क्रम चलिरहेको प्रतियोगिता संयोजक विशाल क्षेत्रीले जानकारी दिए । टिम दर्ताका लागि ३५ सय शुल्क तोकिएको छ । रानीपौवा स्पोर्टस सेन्टरमा हुने प्रतियोगितामा ३० टिम सहभागि हुने अनुमान गरिएको छ ।

संयोजक क्षेत्रीका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई रु ३५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै द्धितीय हुने टोलीले रु १५ हजारका साथमा मेडल र प्रमाणपत्र पाउनेछ । यसबाहेक उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, अनुशासित टिम र सर्वाधिक गोलकर्तालाई पनि नगदसँगै अन्य पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: