
गोकुल बानियाँ, पोखरा १३ मंसिर । पोखराका बयोबृद्ध संस्कृतिकर्मी सर्बज्ञमान प्रधानाङ्गको निधन भएको छ । एक सय एक बर्षको उमेरमा आज बिहान सवा ४ बजे पोखराको फिस्टेल अस्पतालमा उनको निधन भएको सस्कृतिकर्मी तिर्थ श्रष्ठले जानकारी दिएका छन् ।

बद्धाअस्थाको कारण खानपिन गर्न नसक्ने गरी थलिएका प्रधानाङ्ग २८ दिन देखि फिस्टेल अस्पतालमा उपचाररत थिए । उनको शबलाई बिहान १० बजे सम्म निवास भैरवटोलमा राखिने, १० देखि ११ बजेसम्म भैरव सास्कृति संरक्षण समितिमा राखिने र ११ बजेपछि केहिबेर गैह्रपाटन स्थित पोखरा उद्योग बाणिज्य संघमा श्रद्धान्जलीको लागि राखेर शबयात्रा सहित तुलसी घाटमा अन्त्यष्टी गरिने श्रेष्ठले जानकारी दिए । उनको अन्त्यष्टीमा उपप्रधान तथा स्थानिय बिकास मन्त्री प्रकाशमान सिंह र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको पनि उपस्थिति रहने छ ।
पोखरामा शास्त्रिय संगितको जगेर्ना गर्न प्रधानाङ्गको योगदान अतुलनिय रहेको बताईएको छ । शास्त्रिय संगितको जगेर्ना , भक्ती संगितलाई जिबन्त राख्न, भैरव नृत्य बचाउन उनको अग्रणी भूमिका रहेको श्रेष्ठले बताएका छन् । उनि भैरव नृत्यको गुरु समेत थिए । पोखराको भैरव सास्कृति संरक्षण समितिको भबन निर्माण संगै समिति गठन उनकै पहलमा भएको थियो ।
उनि पोखरा उद्योग बाणिज्य संघको संस्थापक कोषाध्यक्ष रहेका थिए भने एक कार्यकाल अध्यक्ष समेत भएका थिए । तत्कालिन पोखरा नगरपालिका वडानम्बर २ को पहिलो वडाध्यक्षका रुपमा समेत उनले काम गरेका थिए । पोखरामा बिभिन्न शैक्षिक संस्था स्थापनामा पनि उनको ठुलो हात रहेको थियो । उनि प्रजातन्त्रको सेनानीको रुपमा समेत चिनिन्थे ।
साहित्यकार श्रेष्ठले प्रधानाङ्गको जिवनीबाट गर्ब गर्ने ठाउ रहेको बताए । ‘ उहा जति बाच्नुभयो पूर्ण जिवन बाच्नु भयो, सार्थकता पूर्बक बाच्नुभयो श्रेष्ठले भने , गर्ब गर्नुपर्छ उहाको योगदान पोखरेली सास्कृतिक क्षेत्रमा अतुलनिय छ । ’ प्रधानाङ्गका ३ छोरी र ३ छोरा मध्य एक छोरीको निधन भैसकेको छ ।
