
काठमाडाैं। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रियल म्याड्रिडबीच सिजनको पहिलो एल क्लासिको भिडन्त आज राति हुँदैछ । यसअघि अक्टोबर २६ का लागि तय भएको एल क्लासिको क्याटलोनिया आन्दोलनका कारण स्थगित भएको थियो । क्याटलोनिया स्वतन्त्रतालाई लिएर बार्सिलोनामा लामो समयदेखि विरोध प्रदर्शन हुँदै आएको छ ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बाट सुरु हुँदैछ । त्यतिवेला अप्रिय घटना हुने डरले स्पेनिस फुटबल महासंघले स्थगित गरेको खेल अहिले महासङ्घनै निर्देशनमा पुनः बार्सिलोनाको घरेलु मैदानमा हुन लागेको हो । खेललाई मध्यनजर गरी बार्सिलोनाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
रियललाई एल पछिल्ला खेलमा लियोनेल मेस्सी पन्छाउन निकै कठिन परिरहेको अवस्था छ । बार्सिलोना पनि घरेलु मैदान र सर्मथकको साथमा सुखद नतिजा निकाल्ने दाउमा छ । दुवै टोलीले १६ खेलबाट समान ३५ अंक बनाएका छन् । बार्सिलोना गोलअन्तरका आधारमा शीर्ष र रियल दोस्रो स्थानमा छ ।
