शीतलहरका कारण जनजीवन प्रभावित

Share:

काठमाण्डौ – शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो ।

चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शितलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा चलहपहल कम भएको छ ।

बिहीबार पनि तराईमा दिनभर हुस्सु र कुहिरो लाग्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: