४२ हजारले भरे विग एफएमको स्रोता सर्वेक्षण फाराम

Share:
  • लक्की ड्रमार्फत १६ जनाले जिते कार्बन मोबाईल

रेम बिक
पोखरा, १३ मंसिर ।

औद्योगिक व्यापार मेलाभित्र रहेको विग एफएमको स्टलमा फर्म भर्ने स्रोताहरुमध्ये १६ जनाले कार्बन मोबाईल जितेका छन् । लक्की ड्रमार्फत उनीहरुले मोबाईल जितेका हुन् । आठ दिनसम्म स्रोताहरुले विग एफएमको स्टलमा पुगेर सर्वेक्षण फाराम भरेका थिए । विग एफएमले दिएको जानकारी अनुसार शनिबारसम्म ४२ हजार जनाले विग एफएमको स्रोता सर्वेक्षण फाराम भरेका थिए ।

karbon

लक्की ड मार्फत मोबाइल प्राप्त गर्नेहरुमा गंगाप्रसाद न्यौपाने, समिक्षा राणा, रोशन पौडेल, खुश बिक, मनोज बुढामगर, समिक्षा गुरुङ, अशिली भूर्तेल, केशव घिमीरे, रामहरी बस्ताकोटी, युनिक गुरुङ, अशोक सिंह धामी, अप्सरा मगर, जनक पौडेल, सबिना आले मगर, सल्म कर्ण र दिलीप जलारी रहेका छन् ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्सन प्रजुले लक्की ड्र गर्दा यी नामहरु झिकेका थिए । लक्की ड्र पश्चात महासचिव प्रजुले विग एफएमले स्रोताहरुसँग नजिकिएकै कारण पश्चिमाञ्चलको नम्बर वान एफएम हुन पाएको प्रतिक्रिया दिए । व्यवसायिकतासँगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा अगाडि रहेको एफएम सदैव अग्रपंक्तिमा रहोस् भन्ने उनले शुभकामना समेत दिए ।

विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले विजेताहरुलाई केहि दिनमै मोबाईल वितरण गरिने जानकारी दिए । मेलामा आयोजक, अन्य स्टल र स्रोताहरुले विग एफएमप्रति देखाएको सदाशयताको प्रशंसा गर्दै आगामी दिनमा पनि सबै पक्षबाट यस्तै सहयोगको अपेक्षा गरेको उनले बताए । कुनै न कुनै वहानामा विग एफएम स्रोताहरु संगसंगै रहने विश्वास दिलाउँदै उनले आगामी दिनमा पनि यस्तै ईभेन्टहरु एफएमले गर्दै जाने जानकारी दिए ।

नेपालस्थित कार्बन मोबाईलको आधिकारिक वितरण कम्पनी एलाईड ट्रेड लिंक ईन्टरनेशनल प्रालिसंगको सहकार्यमा एफएमले सर्वेक्षण फाराम भर्दा मोबाईल उपहार पाउने अफर ल्याएको हो । एलाईड ट्रेड लिंक ईन्टरनेशनल प्रालिले एफएमका स्रोताहरुसंग प्रत्यक्ष रुपमा जोडिन कम्पनीले कार्बन मोबाईल प्रायोजन गरेको जानकारी दिएको छ ।

विग एफएमले हरेक वर्ष औद्योगिक व्यापार मेलामा स्टल राखेर मत सर्वेक्षण गर्दै आएको छ । सर्वेक्षण फाराममा स्रोताहरुले आफुलाई मनपर्ने कार्यक्रम, प्रस्तोताका साथै न्युज विज्ञापन कस्ता लाग्छन् ?, सुधार गर्न सुझाव, अन्य एफएमको दाँजोमा कुन स्थानमा राख्नुहुन्छ भन्ने लगायतका प्रश्नका जवाफ दिएका थिए ।

मेलामा लक्की ड्र मार्फत विजेता बनेकाहरुले कार्बन कम्पनीका ‘के वान रक’ र ‘के ट्वान्टी टु प्लस’मोबाईल प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: