आज सुन चाँदीको मूल्य तोलामा कति पुग्यो ?

Share:

काठमाडौँ । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ हजार ९ सयमा कारोबार भैरहेको छ ।

आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६ सय मा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य रु ३ सयले बढेको हो ।

यस्तै तेजावी सुन तोलामा ७१ हजार ६ सयमा कारोबार भैरहेको छ । चाँदी तोलामा ८ सय ६० मा कारोबार भैरहेको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी तोलामा ८ सय ५५ मा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: