
काठमाडाैं । नेपाली बजारमा शुक्रवार सुनको भाउ बढेको छ । शुक्रवार छापावाल सुन प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रवार तेजावी सुन प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार शुक्रवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्

