सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश

Share:


माेरङ – सिद्धबाबा भनि चिनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । बलत्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।

४ कात्तिकमा महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका कृष्णदास १६ मंसिरमा पक्राउ परेका थिए । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: