चिसोसँगै बढे छात्तीका विरामी

Share:

पोखरा । चिसो बढेसँगै पोखराका अस्पतालहरुमा छातीको समस्या हुने विरामीको संख्या ह्वात्तै बढ्न थालेको छ । गत हप्ता देखि अत्याधिक चिसो हुन थालेपछि दम, निमोनिया, सियोपिडी, आस्मा, खोकी लगायतका समस्या सहित अस्पताल पुग्ने विरामीहरु धेरै  पाइएको छ ।

केही दिन यतादेखि यस्ता समस्या भएको विरामीहरुको संख्या झण्डै ५० प्रतिशतले बृद्धी भएको छात्तीरोग विशेषज्ञ डा. सिपि आचार्यले जानकारी दिए । ओम अस्पताल र मणिपाल शिक्षण अस्पतालमा कार्यरत रहेका डा. आचार्यले एउटै सिफ्टमा २०—३० जना विरामी जाँचको लागि आउने गरेको जानकारी दिए । उनले ओपिडी वार्डमा समेत ३० प्रतिशत छातीको समस्या हुने विरामी रहेको उनले बताए ।

डा. आचार्यले चिसोबाट बच्नका लागि न्यानो कपडा लगाउन, गुणस्तरीय मास्कको प्रयोग, भेन्टिलेटर भएको कोठामा हिटरको प्रयोग गर्न आग्रह गरेका छन् । उनले तातो झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन सुझाव दिदै अनावश्यक रुपमा चिसोमा बाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: