अब घरभाडामा दिँदा प्रहरीलाई जानकारी गराउनुपर्ने

Share:

काठमाडौं। गृह मन्त्रालयले देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष निकालेको छ। मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको गृहको निष्कर्ष छ। मंगलबार गृह मन्त्री रामबहादुर थापा तथा सचिव प्रेमकुमार राईसमेतको बैठकले आपराधिक गतिविधि रोक्न प्रहरीलाई आवश्यक कदम चाल्न निर्देशन दिएको छ।

यस्तै अब घरमा भाडा लिएर अवैध गतिविधि गरेको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेपछि सरकारले डेरावालाको विवरण संकलन गर्नुपर्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गर्ने निर्णय गरेको हो ।

देशका मुख्य शहरमा घर भाडामा लिएर अपराधिक गतिविधि हुने गरेको देखिएपछि घरधनीलाई भाडामा बस्ने व्यक्ति/संस्थाले परिचय खुल्ने कागजात बुझाउनुपर्ने निर्णय गरिएको जनाइएको छ । भाडामा बस्नेबारेको विस्तृत विवरण संलकन गरेर नजिकको प्रहरी इकाइमा अनिवार्य रुपमा बुझाउनु पर्ने समेत निर्णयमा उल्लेख गरिएको छ ।

घर भाडामा बस्ने र छाड्ने दुवैको नियमित र अद्यावधिक अभिलेख राख्न प्रहरीलाई समेत निर्देशन दिने निर्णय भएको जनाइएको छ । केही समयअघि प्रहरीले १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: