कर्णाली नदीमा जीप खस्यो, चार जनाको मृत्यु

Share:

बाजुरा– बाजुराको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।

से १ ज १०६४ नम्बरको जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा एक यात्रु वेपत्ता भएका छन् । दुर्घटनामा चार जना घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: