
बोस्टन । अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट स्थायी घर भएका २२ वर्षीय हिमाल तिमल्सिना रहेका छन् ।
केहि दिन अघि आफु बस्दै आएको घरको सिँढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका उनको बुधबार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेपछि उनलाई बर्लिङटनको लाहे होस्पिटल एण्ड सेन्टरको एमआईसीयूमा भर्ना गरिएको थियो।
स्नातक तहको शिक्षाका लागि उनी सन् २०१४ मा अमेरिका पुगेका थिए । तिमल्सिना अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन स्टोनह्याममा बसेर अध्ययन गर्दै आएका थिए ।
कमेन्ट गर्नुहोस्
