मौसम बदली : देशभर चिसो बढ्यो, हिमपात र वर्षाको सम्भावना

Share:

पोखरा । पश्चिमी वायुका कारण मौसम बदली हुँदा आज मंगलबार पोखरा लगायत देशभर चिसो बढेको छ ।

मौसममा आंशिक बदलि रही पश्चिमी उच्च हिमाली भूभागमा हिमपात तथा पश्चिमी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानहरुमा बदलि रही उच्च हिमाली भूभागमा भारी हिमपात तथा पहाडी र तराईका केहि स्थानहरुमा वर्षाको सम्भावना छ ।

यो प्रणाली शुक्रबार सम्म रहने जनाइएको छ । बिहिबार र शुक्रबार देशभर सामान्य बदलि रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केहि स्थानहरुमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

देशभर अत्याधिक जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन विभागले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: