सरकारले संविधानको मर्मअनुरूप कार्यक्रम र बजेट ल्याउन सकेन- उपप्रधानमन्त्री पोखरेल

Share:

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्मअनुरूप ल्याउन नसकेको स्विकारेका छन् ।

संविधानले तीनै तहका सरकारको काम परिभाषित गरे पनि काम गर्ने शैलीमा पुरानै आचरण हाबी हुँदा नीति तथा कार्यक्रम र बजेट संविधानको स्प्रिटअनुसार आउन नसकेको उनको भनाइ छ ।

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना मंगलबार आयोजित ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रममा उनले संवैधानिक व्यवस्था र त्यसलाई कार्यान्वयनमा लैजानेबीच द्वन्द्व हुँदा विकास निर्माणका गतिविधिमा अवरोध भएको बताए ।

उनले राज्य संरचना र प्रणाली परिवर्तन भएपछिको कानुन र संरचना अझै पूर्ण रूपमा निर्माण नभएकाले व्यवहारिक रूपमा अन्तरविरोध भइरहेको र त्यसको असर बजेट र नीति तथा कार्यक्रममा परेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: