मौसममा बदली : केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना

Share:

पोखरा । आज (मङ्गलबार) देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पूर्वी र मध्य भूभागमा आंशिक बदलीको अवस्था रहेको छ ।

आज देशका केही ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । विशेषगरी पश्चिमका केही र मध्य तथा पूर्वका एक दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको जनाइएको छ । यस्तै मध्य र पूर्वको भने उच्च हिमाली भेगमा मात्रै पानी पर्ने जनाइएको छ ।

राति देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ।

यो प्रणाली बुधबारसम्ममा पूर्वमा पनि फैलने भएकाले भोलि देशभरिकै मौसम बदली हुनेछ । मङ्गलबारभन्दा बुधबार धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: