नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्य दिने 

Share:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आजदेखि शुरू हुँदैछ। राष्ट्रियसभा गृहमा बिहान ११ बजे बैठक बस्ने लागेको नेकपाले जनाएको छ।

बैठकमा प्रधानमन्त्री प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिने छन्। यस अघि हिजो बसेको नेकपा सचिवालय बैठकले बैठकका एजेण्डाहरु सार्वजनिक गरेको छ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन्। महासचिव विष्णु पौडेलले सांगठनिक तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । यस्तै सातै प्रदेशका अध्यक्षहरुले रिर्पाेटिङ गर्ने कार्यक्रम पनि रहेको पनि जनाइएको छ ।

केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन्। तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि यो दोस्रो बैठक हो।

कमेन्ट गर्नुहोस्
Share: