
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले सरकारको काम गराइ र पार्टीको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सरकारले ठूला कुराहरु गरिरहँदा स(साना कामहरुमा ध्यान दिन नसकेको, विधेयकहरु बनाउँदा सरोकारवालाहरुसँग छलफल नगरेको, भ्रष्टाचार नरोकिएको लगायतका कमजोरी प्रचण्डले औंल्याएका छन् । त्यसैगरी, पार्टी्भित्र अहिले घात, अन्तरघात र अराजकताको स्थिति रहेको प्रचण्डको विश्लेषण छ ।
उल्लेख्य सफलताका बाबजुद जनताका आशा र अपेक्षा पूरा गर्न सरकारले ६ वटा विषयमा सुधार गर्न विशेष ध्यान दिनु आवश्यक रहेको बताएका छन् । सरकारले ठुल्ठुला कुराहरुमात्रै गरेर नपुग्ने भन्दै स(साना कुराहरुमा पनि ध्यान जानुपर्ने प्रचण्डको भनाइ छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा लिखित राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले ओली सरकारका विभिन्न ५ वटा कमजोरी औंल्याएका हुन् ।
