७ महिना प्रधानमन्त्री हुँदा पनि सम्पत्तिको नाममा फेरि तीनवटा मोबाइल मात्र

422
0
Share:

काठमाडौं, मंसिर २२/ प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक गरेको नयाँ सम्पत्ति विवरणमा उनीसँग तीन थान मोवाइल फोनमात्र भएको उल्लेख गरेका छन् ।

sushil koirala

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विश्वकै सबैभन्दा गरिब सरकार प्रमुखका रुपमा चिनिएका प्रधानमन्त्रीले पेस गर्नुभएको चलअचल सम्पत्ति विवरणमा मोवाइल मात्र भएको जनाइएको छ ।

प्रधानमन्त्रीले यसअधि पनि सार्वजनिक गरेको सम्पत्ति विवरणमा तीन थान मोवाइल मात्र भएको उल्लेख गरिएको थियो । यस वर्ष भदौ २७ गते बुझाइएको सम्पत्ति विवरणमा घरजग्गा, सुनचाँदी, सेयर, नगद, ऋण आदि चल, अचल सम्पति केही नभएको र मात्र मोबाइल तीन वटा भएको उल्लेख छ।

प्रधानमन्त्री वापत पाउने तलब भत्ताको बारेमा केही पनि उल्लेख गरिएको छैन । प्रधानमन्त्रीले मासिक तलब ४७ हजार ६ सय २० रुपैयाँ रहेको छ । उनी नेपालको प्रधानमन्त्री बनेको आज ३०१ औं दिन हो । उनले सम्पत्ति विवरण बुझाउँदा उनी प्रधानमन्त्री भएको ७ महिना पुग्छ । त्यतिबापत उनले पाएको ३ लाख ३३ हजार तीन सय ४० रुपैयाँ कहाँ गयो त्यसको कुनै हिसाब किताब छैन । अझ भत्ताको छुट्टै व्यवस्था हुन्छ ।

यसअघि प्रधानमन्त्रीको बेडरुमबाट नै १२ लाख रुपैयाँ गायब भएको समाचार आइसकेको छ । यसबारे प्रधानमन्त्री कार्यालयले कुनै जवाफ दिएको छैन ।

अब आउने सम्पत्ति विवरणमा भने कोइरालाको सम्पत्तिमा दुईवटा मोबाइल थपिन सक्छ । गत कार्तिक ३ गते प्रधानमन्त्री कार्यालयले दुई वटा सामसुङको एस फाइभ मोबाइल किनेको छ । जसका लागि चेक इन्टरनेसनल प्रा।लि।लाई १ लाख ५३ हजार ५ सय ६७ रुपैयाँ भुक्तान गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: