
पोखरा । पोखरामा भेट्रान्स सुपर सिक्स क्रिकेट–२०२० हुने भएको छ । पोखरा क्रिकेट रङ्गशालामा आगामी शनिबार सुपर सिक्स क्रिकेट हुने भएको हो । पोखरा सभागृह चोकमा रहेको वाईन किङ शपको सहयोगमा उक्त खेल हुने भएको हो ।
मैत्रीपूण खेलका लागि ६ टोली बनाइएको छ र खेलाडी को–को रहने भन्ने कुरा केही दिनमै निश्चित गरिने भएको छ । खेलका लागि न्यूरोड ब्लास्टर्स, वाइन किङ फाइटर्स, सांग्रिला भेट्रान्स, फेवा वारियर्स, स्याङ्जा राईभल्स र मिराकल ग्लाडियटर्सको नाम दिएर विभिन्न ६ टोली बनाइएको हो ।
कास्कीका खेलाडीहरुबिच भेटघाटको अवसर जुट्ने र मित्रता बढ्ने आशका साथ खेल खेलाउन लागिएको हो । यसघि पनि माघ ११ गते पोखरामा भेट्रान्स क्रिकेट मिट आयोजना भएको थियो ।
त्यस खेलमा सेती वारी र सेती पारी नाम दिएर दुई टोली बनाएर खेल खेलाइएको थियो । खेल सेती पारीले ३९ रनले आफ्नो पक्षमा पारेको थियो ।
