
काठमाडौं । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ। मृत्यु हुने सबै हुबेई प्रान्तको वुहान सहरका छन्।
संक्रमित हुनेको संख्या २० हजार ४ सय ३८ पुगेको पुष्टि भएको छ । अहिले सम्ममा विश्वको २५ देशमा देखएिको छ ।
यस्तै कोरोना भाइरसको संक्रमणबाट हङकङमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण बिरामी भएका ३९ वर्षीय चिनियाँ पुरुषको उपचार क्रममा मंगलबार बिहान मृत्यु भएको एजेन्सीले जनाएका छन् । मृतक ती पुरुषलाई संक्रमण भएको भन्दै १३ औं नम्बरमा राखेर उपचार थालिएको थियो ।
केही दिन अघि चीन बाहिर पहिलो पटक फिलिपिन्समा उक्त भाइरस प्रकोपका कारण एक जनाको मृत्यु भएको थियो ।
कमेन्ट गर्नुहोस्
