भैँसी बाध्ने गोठमा वडाध्यक्षको शव फेला

Share:

काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत फेला परेका छन् । गाउँकै कृष्णबहादुर धामीको भैँसी बाध्ने गोठमा धामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

धामीको टाउकोमा चोट देखिएकोले उनको हत्या भएको प्रहरीको आशंका छ । घटनाबारे अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुर मगाइएको अछाम प्रहरीले जनाएको छ ।

धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: