मानव मुटु आकारको ढुम्बा ताल

Share:

मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङको ढुम्बा ताल पर्यटकको रोजाइ मध्ये एक हो । घरपझोङ गाउँपालिका-५ मा पर्ने ताल समुद्री सतहदेखि करिब २९ सय मिटरको उचाइमा छ ।

यो तालको लम्बाइ १ सय ५० मिटर र चौडाइ १ सय मिटर छ । ताल मानव मुटु आकारको छ । हिउँदको समयमा ताल जमेर बरफ बन्ने गर्छ ।

तस्बिर-अनुप पौडेल/बिगखबर

कमेन्ट गर्नुहोस्
Share: