बागलुङमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, चारको अवस्था गम्भीर

Share:

बागलुङ । बागलुङमा बिहीबार साँझ जन्ति बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका १ बोंगादोभानमामा जन्ती बोकेर आएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३ बुलबुलेमा दुर्घटना भएको हो।

दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन्। म्याग्दीको मालिका गाउँपालिका २ का ४८ वर्षीया मनप्रसाद पुन, २९ वर्षीय चालक रमेश घर्ती, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीया गौमाया पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय र प्रहरीले उद्धार गरि स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: