ललिता निवास जग्गा प्रकरण : नेकपा नेतालाई उन्मुक्ति दिएको काङ्ग्रेसको ठहर, सडक आन्दोलन सुरु गर्ने

Share:

काठमाडौं । नेपाली काँग्रेस तथा भातृ संस्थाहरुले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन् । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही भएको भन्दै बदनियतपुर्ण तवरले राजनैनिक आस्थाका आधारमा नेकपा नेताहरुलाई उन्मुक्ति दिएको विरोधमा संस्थाहरुले विरोध प्रदर्शन गर्न लागेको हो ।

आज दिउँसो १२ः ३० बजे माइतीघर मण्डलामा विरोध पदर्शनको कार्यक्रम रहेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले जनाएको छ । विरोध प्रदर्शनमा सम्पुर्ण भातृ तथा शुभेच्छुक संस्थाहरुको उपस्थिति रहने बताइएको छ ।

ललिता निवास जग्गा प्रकरणमा प्रतिशोधपुर्ण तरिकाले पार्टी उपसभापति तथा सांसद विजयकुमार गच्छदार लगायतलाई मुद्दा चलाइएका तर तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता विष्णु पौडेलका छोरा नवीनलाई उन्मुक्ति दिएकोले विरोध गर्नुपरेको नेविसंघले जनाएको छ ।

यसैको विरोधमा काङ्ग्रेसले बिहीबार प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: